दफा ४
नाम, राष्ट्रियता र पहिचानको अधिकार
(१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ।
(२) बालबालिका जन्मेपछि निजको बाबु वा आमाले बालबालिकाको नाम राखी प्रचलित कानून बमोजिम जन्म दर्ता गर्नु पर्नेछ।
(३) जबरजस्ती करणी वा प्रचलित कानून बमोजिम सजाय हुने हाडनाता करणीबाट जन्मिएका बालबालिकाको आमाले चाहेमा आमाको नाम मात्र उल्लेख गरी जन्मदर्ता गरिदिनु पर्नेछ।
(४) उपदफा (२) बमोजिम नाम राख्दा बाबु वा आमा तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नरहेमा त्यस्ता बालबालिकाले आफूलाई हेरचाह गर्ने निजका परिवारका अन्य सदस्य वा संरक्षकले राखे बमोजिमको नाम पाउनेछ।
(५) प्रत्येक बालबालिकाले जन्मेपछि निजको बाबु आमाको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसकेमा निजको बाबुको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न पाउनेछ।
(७) पितृत्वको ठेगान नलागेका बालबालिकाले आफ्नो नाम पछाडि आमाको थर प्रयोग गर्न पाउनेछ।
(८) कुनै बालबालिकाको थरको सम्बन्धमा विवाद उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले बाबुको थर प्रयोग गरेको मानिनेछ।
(९) बाबु र आमा दुवैको ठेगान नलागेका बालबालिकाले संरक्षकद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ।
(१०) उपदफा (९) बमोजिम संरक्षकले नाम थर राखि दिँदा बालकल्याण अधिकारीलाई जानकारी दिनु पर्नेछ।
(११) कुनै औपचारिक कानूनी काम कारबाही वा लिखतमा कानून बमोजिम बाबु, आमा तथा बाजे, बजैको नाम उल्लेख गर्नु पर्ने भएमा त्यस्ता बालबालिकाको बाबु पत्ता नलागेको अवस्थामा निजले आमा र आमाको बाबु, आमाको नाम उल्लेख गर्न सक्नेछ र आमाको पनि नाम पत्ता नलागेको भए सोही व्यहोरा उल्लेख गरे पुग्नेछ।
(१२) आमा, बाबु वा संरक्षकले अनुचित लाभ लिने मनसायले बालबालिकाको पहिचान लुकाउने गरी नाम थर परिवर्तन गर्न हुँदैन।